४ बैशाख २०८१, मंगलबार

ओलीले छाने १९ पदाधिकारी, पोखरेल वरिष्ठ उपाध्यक्ष, शंकर पोखरेल महासचिव (सूचीसहित)


ईश्वर पोखरेल र शंकर पोखरेल

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका छन् । अध्यक्ष ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका हुन्।

बन्दसत्रमा सर्वसम्मतिका लागि भन्दै वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरिएको छ । उपाध्यक्षमा युवराज ज्ञवाली अष्टलक्ष्मी शाक्य सुरेन्द्र पाण्डे रामबहादुर थापा विष्णु पौडेल र सुवास नेम्वाङ छन् ।

उपमहासचिवमा प्रदीप ज्ञवाली,पृथ्वीसुब्बा गुरुङ रविष्णु रिमाल लाई प्रस्ताव गरिएको छ । सात जना सचिवमा टोपबहादुर रायमाझी,छवीलाल विश्वकर्मा,लेखराज भट्ट, रघुविर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छन् ।

पूर्व माओवादी पक्षका रामबाहादुर थापा उपाध्यक्ष सहित टोपबहादुर र लेखराज गरी ३ जना परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !