६ बैशाख २०८१, बिहिबार

साँझ ७ बजे शुरु गर्ने भनिएको एमालेको बन्दसत्र एक घण्टा सरेर ८ बजेपछि गर्ने


एमालेको बन्दसत्र

सौराहा । बिहान १० बजे हुने भनिएको नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज साँझ ७ बजेदेखि शुरु हुने भनिएतापनि फेरि १ घण्टा सरेर ८ बजेपछि गर्ने तयारी गरिएको छ । चितवनको सौराहामा जारी महाधिवेशनको बन्दसत्र १ घण्टा सरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले सहमतिको प्रयासको निरन्तरताका लागि पहल गरिरहेको बुझिएको छ । अध्यक्षका आकांक्षी निवर्तमान उपाध्यक्ष डा. भीम रावलले आफ्नो अडान नछोडेपछि बन्दसत्र सरेको हो । एमाले नेता शेरबहादुर तामाङका अनुसार केन्द्रीय सदस्यहरुको क्लस्टर मिलाउन पर्ने भएकाले बैठक बस्न थप एक घण्टा लाग्न सक्ने बताए ।

एमालेका निवर्तमान सचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा नयाँ नेतृत्वका लागि ९० प्रतिशतसम्म सहमति भइसकेको र आजै महाधिवेशन सम्पन्न हुने जानकारी दिए । निर्वाचनको तयारी गरेको केन्द्रीय निर्वाचन आयोग भने सहमति हुने भएपछि मौन छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !