७ बैशाख २०८१, शुक्रबार

पूर्वमाओवादी नेतालाई ओलीको जवाफ: एमालेका नेताहरूलाई मिलाएपछि मात्र तपाईंहरूको पालो !


केपी ओली, बादल र लेखराज भट्ट

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छोडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर लागेका पूर्वमाओवादी नेताहरु संकटमा परेका छन् ।

चितवनमा जारी पार्टीको १०औँ महाधिवेशनबाट नेतृत्वमा पुग्न उनीहरूलाई समस्या परेको हो । आज पूर्वमाओवादीका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायतले ओलीलाई भेटेका थिए । ओलीलाई भेटेपछि उनीहरूमा आशाभन्दा निराशा बढेको छ ।

स्रोतका अनुसार भेटमा ओलीले ‘एमालेका नेताहरूलाई मिलाएपछि मात्र तपाईंहरूको पालो आउँछ’ भन्दै जवाफ दिएका थिए । “पहिले यता मिलाउँछु अनि तपाईं–हामी बसेर कुरा गरौँला,” एक नेताले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !