ओलीपछि आफूभन्दा सिनियर अरु नभएको सुवास नेम्वाङको दावी Nepalpatra ओलीपछि आफूभन्दा सिनियर अरु नभएको सुवास नेम्वाङको दावी
११ माघ २०७८, मंगलबार

ओलीपछि आफूभन्दा सिनियर अरु नभएको सुवास नेम्वाङको दावी


सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ दुबैले वरिष्ठ उपाध्यक्षमा दाबी गरेपछि अध्यक्ष केपी शर्मा ओलीलाई उपाध्यक्ष छनोटमा सकस देखिएको छ ।

स्रोतका अनुसार ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर नेम्वाङलाई उपाध्यक्ष बनाउन चाहेका छन् । तर नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश पठाएका छन् ।

नेम्वाङले आफूभन्दा सिनियर अरु नभएको दावी गरेका छन् । यदि आफूलाई उपाध्यक्षमा राख्ने हो भने वरिष्ठ उपाध्यक्ष पद नै खारेज गर्न आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !