७ बैशाख २०८१, शुक्रबार

काँग्रेस निर्वाचन समिति संयोजकमा घिमिरे


नेपाली कांग्रेस

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

डडेल्धुराको अधिवेशनका सन्दर्भमा दबाब आएपछि दिएको यादवको राजीनामा देउवाले आइतबार स्वीकृत गरेका हुन् ।

डडेल्धुरामा निवर्तमान जिल्ला सभापति कर्ण मल्ल समूहले सम्पन्न भएको जिल्ला अधिवेशन मान्य नभएको भन्दै पुन अधिवेशन गराउन दबाब दिएको छ ।

स्रोतका अनुसार देउवाले निर्वाचन समितिका वरिष्ठ सदस्य गोपालकृष्ण घिमिरेलाई संयोजक तोकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !