७ बैशाख २०८१, शुक्रबार

सौराहामा रावलको प्रचारप्रसार तीव्र, ओलीलाई सर्वसम्मत नेतृत्व चयनमा सकस


भीमरावलको पर्चा सूर्य थापा र कोमल वलीको हातमा तस्वीर सौजन्य : रातोपाटी

चितवन । नेकपा एमालेको १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका भीम रावलले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । उनी निकट युवा तथा कार्यकर्ताले रावलका प्रचार सामग्री वितरणलाई तीव्रता दिएका हुन् ।

चितवनको पर्यटकीय नगरी सौराहामा जारी एमालेको महाधिवेशनको बन्दसत्रको दोस्रो दिनमा रावलले आफ्नो प्रचारप्रसार तीव्रलाई तीव्रता दिएसंगै केपी शर्मा ओलीलाई सहमतिका आधारमा सर्वसम्मत नेतृत्व चयन गर्नमा सकस देखिएको छ ।

एमाले अध्यक्ष ओलीले एकलौटी रुपमा पदाधिकारी चयन गर्ने तयारी गरिरहेका बेला रावलले प्रचारप्रसार तीव्रता दिएका हुन् । रावलले आफूले उम्मेद्वारी दिनुपर्ने कारणसहित लेखिएका प्रचार सामग्री वितरण गरिरहेका छन् ।

एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका रावलले चुनावी प्रचार शुरु गरेका हुन् । एमालेको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी रहँदा अध्यक्षका दावेदार रावलले प्रचार शुरु गरेका हुन् ।

वर्तमान अध्यक्ष ओली आइतबार पनि सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुसँग छलफल जारी राखेका छन् । तर वर्तमान उपाध्यक्ष समेत रहेका रावलले अध्यक्ष पदका लागि मत माग्न शुरु गरेपछि एमालेमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम हुँदै गएको छ ।

यसैवीच एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाको हातमा अध्यक्ष पदका अर्का प्रत्यासी रावलको पर्चा रावलनिकट कार्यकर्ताले थमाइ दिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्रको रुपमा परिचित थापाको हातमा रावलका कार्यकर्ताले पर्चा दिएपछि थापा चकित भएका छन् । तस्वीरमा हेर्दा थापाले रावलका पर्चा बडो उत्सुकताका साथ हेर्दै गरेको जस्तो देखिएको छ ।

यस्तै एमाले अध्यक्ष ओलीले सांसद बनाएकी कोमल वलीले एकाएक अध्यक्षका अर्का प्रत्यासी भीम रावलका पर्चा बोकेकी छन् । वलीले एमाले अध्यक्ष ओलीले राष्ट्रियसभाको सदस्य बनाएका थिए । कोमल वलीलगायतका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गर्दै मूल गेटसम्मै पुगेपछि स्वयंसेवकहरुले उनीहरुलाई ‘पर्चा बाँड्न पाइँदैन’ भन्दै बाहिर पठाइदिएका छन् ।

बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई उनीहरुले पर्चा वितरण गरेका थिए । रावलका लागि विरतण गरिएको पर्चामा ‘मेरो उम्मेदवारी किन’ लेखिएको छ । गायिका समेत रहेकी वलीले रावलको पर्चा हातमा बोकेर तस्बिर खिचाएपछि ‘कोमल वलीले रावलको प्रचार गरिन्’ भन्ने हल्ला चलाइएको छ । तर उनले रावलको प्रचार नगरेर आफ्नो केही प्रतिनिधिले पर्चा थमाएपछि लिएको बताइएकी छन् ।

यो पनि पढ्नुहोस्

ओलीका विश्वासपात्र सूर्य थापाको हातमा भीम रावलको पर्चा थमाइ दिएपछि…

ओलीले सांसद बनाएकी कोमलले एकाएक रावलको पर्चा बोकेपछि हंगामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !