ओलीका विश्वासपात्र सूर्य थापाको हातमा भीम रावलको पर्चा थमाइ दिएपछि... Nepalpatra ओलीका विश्वासपात्र सूर्य थापाको हातमा भीम रावलको पर्चा थमाइ दिएपछि...
११ माघ २०७८, मंगलबार

ओलीका विश्वासपात्र सूर्य थापाको हातमा भीम रावलको पर्चा थमाइ दिएपछि…


भीम रावलको पर्चा सूर्य थापाको हातमा तस्वीर सौजन्य : रातोपाटी

चितवन । नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाको हातमा अध्यक्ष पदका अर्का प्रत्यासी भीम रावलको पर्चा रावलनिकट कार्यकर्ताले थमाइ दिएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्रको रुपमा परिचित थापाको हातमा रावलका कार्यकर्ताले पर्चा दिएपछि थापा चकित भएका छन् । तस्वीरमा हेर्दा थापाले रावलका पर्चा बडो उत्सुकताका साथ हेर्दै गरेको जस्तो देखिएको छ ।

यस्तै एमाले अध्यक्ष ओलीले सांसद बनाएकी कोमल वलीले एकाएक अध्यक्षका अर्का प्रत्यासी भीम रावलका पर्चा बोकेकी छन् । वलीले एमाले अध्यक्ष ओलीले राष्ट्रियसभाको सदस्य बनाएका थिए ।

कोमल वलीलगायतका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गर्दै मूल गेटसम्मै पुगेपछि स्वयंसेवकहरुले उनीहरुलाई ‘पर्चा बाँड्न पाइँदैन’ भन्दै बाहिर पठाइदिएका छन् । बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई उनीहरुले पर्चा वितरण गरेका थिए । रावलका लागि विरतण गरिएको पर्चामा ‘मेरो उम्मेदवारी किन’ लेखिएको छ ।

गायिका समेत रहेकी वलीले रावलको पर्चा हातमा बोकेर तस्बिर खिचाएपछि ‘कोमल वलीले रावलको प्रचार गरिन्’ भन्ने हल्ला चलाइएको छ । तर उनले रावलको प्रचार नगरेर आफ्नो केही प्रतिनिधिले पर्चा थमाएपछि लिएको बताइएकी छन् ।

एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका रावलले चुनावी प्रचार शुरु गरेका हुन् । एमालेको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी रहँदा अध्यक्षका दावेदार रावलले प्रचार शुरु गरेका हुन् ।

वर्तमान अध्यक्ष ओली आइतबार पनि सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुसँग छलफल जारी राखेका छन् । तर वर्तमान उपाध्यक्ष समेत रहेका रावलले अध्यक्ष पदका लागि मत माग्न शुरु गरेपछि एमालेमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम हुँदै गएको छ ।

यो पनि पढ्नुहोस्

ओलीले सांसद बनाएकी कोमलले एकाएक रावलको पर्चा बोकेपछि हंगामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !