४ बैशाख २०८१, मंगलबार

लोकतन्त्रका नटबल्टू कम्जोर पारिन खोजिदैछ : अध्यक्ष ओली


केपी शर्मा ओली फाइल फोटो

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा लोकतन्त्रका नटबल्टू कम्जोर पारिन खोजिदै गएको टिप्पणी गरेका छन् । आज शनिवार चितवनको सौराहामा जारी पार्टीको १० औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै अध्यक्ष ओलीले अहिले देश विशेष परिस्थितिबाट अघि बढिरहेको बताएका हुन् ।

अध्यक्ष ओलीले आफ्नो पार्टीको भूमिका सत्तापक्षबाट प्रतिपक्षमा रहेको अवस्थामा जनताबाट समर्थन प्राप्त नगरेका कारण नभई विरोधीबाट भएको जालझेल षडयन्त्रबाट प्रतिपक्षमा पुगेको बताए । उनले प्रतिक्रियावादी षडयन्त्रका कारण प्रतिपक्षमा पुगेकोले एमालेको अगाडि नयाँ प्रकारका गम्भीर किसिमका चुनौती रहेको स्वीकार गरे ।

अध्यक्ष ओलीले नेकपा एमालेका नीति नै राष्ट्रिय नीति भएको वर्तमान सरकारले पालना गर्नुपर्ने बताएका छन् । उनले आफ्नो सरकारको पालामा नीतिहरु व्यवस्थित गरेको समेत बताए । वर्तमान सरकारले छिमेक सम्बन्ध विगारेको समेत आरोप लगाएका छन् ।

१० औँ महाधिवेशनले राजनीतिमा अहिले देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउने गरी नयाँ नेतृत्व आउने बताएका छन् । उनले महाधिवेशनबाट जनपरिचालनको काम र एमाले सकियो भन्नेहरूलाई एमालेको शक्ति देखाउनुपर्ने उद्देश्यमा पार्टी सफल भएको उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !