८ बैशाख २०८१, शनिबार

एमाले महाधिवेशन: शुभकामना दिन माओवादीका तर्फबाट लीलामणि पोखरेल आइपुगे


लीलामणि पोखरेल

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजवाट उदघाटन हुँदैछ । महाधिवेशनलाई शुभकामना दिन नेकपा माओवादी केन्द्रका तर्फबाट लीलामणि पोखरेल चितवन आइपुगेका छन् ।

एमालेले शुभकामना मन्तव्य दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बोलाएको थियो । आफु नजाने भएपछि प्रचण्डले नेता पोखरेललाई पठाएका हुन् ।

महाधिवेशन समारोहमा ६ जना नेताहरुले सम्बोधन गर्ने टुंगो लागेको छ । उदघाटन समारोहलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।

त्यस्तैगरी एमाले महाधिवेशनको उदघाटन समारोहलाई जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र राप्रपा अध्यक्ष कमल थापाले सम्बोधन गर्नेछन् । एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले मात्र सम्बोधन गर्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !