६ बैशाख २०८१, बिहिबार

एमाले महाधिवेशन: उदघाटन समारोहलाई ६ नेताले सम्बोधन गर्दै


नेकपा एमाले महाधिवेशन

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजवाट उदघाटन हुँदैछ। महाधिवेशन समारोहमा ६ जना नेताहरुले सम्बोधन गर्ने टुंगो लागेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उदघाटन समारोहलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।

त्यस्तैगरी एमाले महाधिवेशनको उदघाटन समारोहलाई जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल र राप्रपा अध्यक्ष कमल थापाले सम्बोधन गर्ने प्रमुख सचेतक भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले मात्र सम्बोधन गर्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !