७ बैशाख २०८१, शुक्रबार

माओवादी नेता वर्षमान पुन थप उपचारका लागि चीन प्रस्थान


वर्षमान पुन

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको छ ।

पुनको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि चीन लगिएको एक नेताले जानकारी दिए।

पुन निकट एक नेताका अनुसार उनी जटिल प्रकृतिको जण्डिसले सताएका कारण विगत डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत थिए ।

पुन निकट एक नेताका अनुसार नेता पुनसँगै उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेन उडेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !