१३ बैशाख २०८१, बिहिबार

काँग्रेस महाधिबेशन : पर्वतको सभापतिमा युवराज जोशी विजयी


नेपाली कांग्रेस

पोखरा । नेपाली काँग्रेस पर्वतको सभापतिमा प्रतिस्पर्धी यामबहादुर मल्ललाई १६० मतान्तरले पराजित गर्दै युवराज जोशी विजयी भएका छन् ।

स्रोतका अनुसार जोशीले ६०९ मत पाएर विजयी भए भने उनका प्रतिस्पर्धी मल्लले ४४९ मत पाएर पराजित भएका छन् ।

एक नेताका अनुसार सभापतिका अर्का उम्मेदवार मिलन सुबेदीले ९६ मत पाएका थिए । एक नेताका अनुसार निर्वाचित जोशी संस्थापन शेरबहादुर देउवा पक्षबाट चुनाव लडेका थिए ।

त्यस्तैगरी उपसभापतिमा डा.चुडामणी शर्मा र शिव प्रसाद सुवेदी विजयी भएका छन । सचिवमा अशोक उचै ठकुरी र गुप्तनिधि शर्मा, सहसचिवमा अच्यूत तिवारी र तिलकप्रसाद भुसाल विजयी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !