१२ बैशाख २०८१, बुधबार

एमाले सचिवमा यामलाल कँडेलको उम्मेदवारी घोषणा


यमलाल कँडेल

सुर्खेत । नेकपा एमालेका नेता यामलाल कँडेलले केन्द्रीय सचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेता कँडेलले केन्द्रीय पदाधिकारीमा कर्णालीले पनि प्रतिनिधि पाउनुपर्ने धारणा राख्दै सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कँडेल कर्णाली प्रदेशसभा सदस्यसमेत हुन् । कँडेलले व्यक्तिको चाहनाभन्दा पनि अनुभवको आधारमा नीति निर्माणमा कर्णालीले पनि प्रतिनिधित्व गर्नुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !