४ बैशाख २०८१, मंगलबार

एमाले केन्द्रीय सदस्यमा कोमल वलीको उम्मेदवारी घोषणा


कोमल ओली

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गायिकासहेत रहेकी वलीले १० औं महाधिवेशन केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा लागेकी हुन् ।

वली दाङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय प्रतिनिधि चयन भएकी हुन्। उनी अहिले महाधिवेशनका लागि अहिले चितवन पुगेकी छन् । उनले आफ्नो पहिलो उद्देश्य केपी शर्मा ओलीको नेतृत्वलाई सक्षम बनाउने र दोस्रो उद्देश्य पार्टीलाई सम्मृद्ध बनाउने रहेको बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !