शेरधन राईले गरे एमाले सचिवमा उम्मेदवारी दिने घोषणा Nepalpatra शेरधन राईले गरे एमाले सचिवमा उम्मेदवारी दिने घोषणा
१८ मंसिर २०७८, शनिबार

शेरधन राईले गरे एमाले सचिवमा उम्मेदवारी दिने घोषणा


sherdhan rai फाइल फोटो

चितवन । प्रदेश १ का पहिलो एवं पूर्वमुख्यमन्त्री शेरधन राईले नेकपा एमालेको सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमाले पोलिटव्युरो सदस्य  समेत रहेका राईले एमालेको सचिवमा उम्मेदवारी दिने बताएका हुन् ।

भोलि शुक्रबारदेखि चितवनमा शुरु हुन लागेको एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन आज बिहीबार भरतपुर आइपुगेका राईले सचिवमा उम्मेदवारी दिने बताएका हुन् । राई एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पोलिटव्युरो सदस्यमा निर्वाचित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !