कर्णाली प्रदेशका आठ जिल्लामा कांग्रेस अधिवेशन सम्पन्न Nepalpatra कर्णाली प्रदेशका आठ जिल्लामा कांग्रेस अधिवेशन सम्पन्न
१८ मंसिर २०७८, शनिबार

कर्णाली प्रदेशका आठ जिल्लामा कांग्रेस अधिवेशन सम्पन्न


क्रियाशील सदस्यताको सूची

कर्णाली । नेपाली कांग्रेसले कर्णाली प्रदेशका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन गरिसकेको छ । कांग्रेससले बुधबारसम्म सुर्खेत र दैलेखबाहेकका जिल्लाको अधिवेशन सम्पन्न गरेको हो । यी दुई जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ ।

कांगे्रसले कतै सर्वसम्मत र कतै निर्वाचनका माध्यमबाट जिल्ला कार्य समिति चयन गरेको हो । जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लामा जाजरकोटमा वेदराज सिंह, सल्यानमा केशबहादुर विष्ट, रुकुम पश्चिममा पे्रमप्रकाश ओली, कालीकोटमा अम्बरबहादुर शाही, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दीपेन्द्रबहादुर शाही, हुम्लामा मोहनविक्रम सिंह र मुुगुमा ऐनबहादुर शाही सभापति पदमा चयन भएका छन् । कर्णालीका सबै जिल्लामा पार्टीको आसन्न १४ औँ महाधिवेशनमा भाग लिने प्रतिनिधिको पनि टुङ्गो लागिसकेको छ ।

कांगे्रस सुर्खेतका सहायक निर्वाचन अधिकृत अधिवक्ता दुर्गाप्रसाद सापकोटाले शुक्रबार सात पदाधिकारीसहित जिल्ला कार्य समितिका सदस्य चयन हुने बताए । उनका अनुसार सभापति एक, उपसभापति, सचिव, सहसचिव दुई-दुई जना, भूगोल, खुला र समावेशी क्षेत्रबाट कार्य समिति सदस्य निर्वाचित भएर आउनुपर्नेछ ।

त्यस्तै दैलेखमा पनि शुक्रबार जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको छ । जिल्ला अधिवेशनपश्चात् यही मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन हुनेछ । प्रदेश अधिवेशन सम्पन्न गर्न कांगे्रसले यसअघि नै पार्टी केन्द्रीय समितिसमेत रहेका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई संयोजक तोकिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !