११ बैशाख २०८१, मंगलबार

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित


एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक स्थगित भएको छ । बिहीबार चितवनको सौराहामा बस्ने गरी तय भएको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी बैठक स्थगित भएको हो ।

स्रोतका अनुसार बिहीबार बेलुका सौराहामा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । स्रोतका अनुसार स्थगित बैठक शुक्रबार बेलुका अथवा शनिबार आवश्यकताअनुसार बस्नेछ ।

एमालेको १० औँ महाधिवेशन नारायणी नदी किनारमा शुक्रबार उद्घाटन हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !