१३ बैशाख २०८१, बिहिबार

एमालेमा ओलीको विकल्प नरहेको नेता ज्ञवालीको दावी


प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सही नीति र सही नेतृत्व स्थापित गर्ने प्रयोजनका निम्ति महाधिवेशन भइरहेको भन्दै केपी शर्मा ओलीको विकल्प नरहेको दाबी गरेका छन् ।

नेता ज्ञवालीले संवैधानिक आवरणमा मुलुकलाई प्रतिगामी बाटोमा हिँडाउन लागेको अवस्थामा एमालेले दसौँ राष्ट्रिय महाधिवेशन गर्न गइरहेको बताए।

बुधबार एक कार्यक्रममा बोल्दै उनले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई भत्काउने कसैले दुस्साहस नगर्न आग्रह गरे। त्यसको पहरेदारको भूमिका एमालेले निर्वाह गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !