पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्छु : प्रधानमन्त्री देउवा Nepalpatra पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्छु : प्रधानमन्त्री देउवा
१८ मंसिर २०७८, शनिबार

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्छु : प्रधानमन्त्री देउवा


समायोजन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पेट्रोलियम पदार्थको मूल्य सम्भव भएसम्म समायोजन गर्ने प्रयास गर्ने बताएका छन्।

आज संयुक्त विद्यार्थी संगठनका नेताहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै देउवालाई ज्ञापनपत्र बुझाएपछि यस्तो बताएका हुन् ।

विभिन्न ६ विद्यार्थी संगठनले संयुक्त रूपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।

विद्यार्थी संगठनले उठाएको मागप्रति सरकार गम्भीर रहेको भन्दै देउवाले जायज माग सम्बोधन गरिने भन्दै विद्यार्थी संगठनका नेताहरूलाई ढुक्क रहन आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !