जसपाको बैठकमै डा. भट्टराईले मागे मुख्यमन्त्री लालबाबु राउतको राजीनामा Nepalpatra जसपाको बैठकमै डा. भट्टराईले मागे मुख्यमन्त्री लालबाबु राउतको राजीनामा
११ मंसिर २०७८, शनिबार

जसपाको बैठकमै डा. भट्टराईले मागे मुख्यमन्त्री लालबाबु राउतको राजीनामा


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा माग गरिएको छ ।

पार्टीमा छलफल नै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने काम गरेको भन्दै मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको स्रोतले बतायो ।

मुख्यमन्त्री राउतले मन्त्रीबाट केही साता अघि मन्त्री रामनरेश रायलाई पदमुक्त गरेका थिए ।

स्रोतका अनुसार बैठकमा डा.बाबुराम भट्टराई र महेन्द्र यादव पक्षधर केही नेताले समेत मुख्यमन्त्री राउतको राजीनामा मागेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !