११ बैशाख २०८१, मंगलबार

सूर्यमा ग्रहण लागिसकेको छ, अब कलम चम्किँदैछ : अध्यक्ष नेपाल


माधवकुमार नेपाल फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको प्रदेश र जिल्ला कार्यालयको उद्घाटन गरेका छन् ।

अध्यक्ष नेपालले बुधबार जनकपुरधाममा प्रदेश २ को कार्यालय र धनुषा जिल्ला कार्यालयको उद्घाटन गरेका हुन्। नेपालले केपी शर्मा ओली अहिले अत्यन्तै छट्पटाइरहेको बताए।

उनले ओलीले जथाभावी बोलेर आफ्नो असली चरित्र देखाइरहेको बताए । नेपालले ओलीलाई सूर्य चिन्हको धाक नलगाउन पनि चेतावनी दिए । सूर्यमा ग्रहण लागिसकेको र अब कलम चम्किरहेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !