महाधिवेशन प्रतिनिधिमा डा. आरजु राणा देउवा निर्विरोध निर्वाचित Nepalpatra महाधिवेशन प्रतिनिधिमा डा. आरजु राणा देउवा निर्विरोध निर्वाचित
१३ माघ २०७८, बिहिबार

महाधिवेशन प्रतिनिधिमा डा. आरजु राणा देउवा निर्विरोध निर्वाचित


डा. आरजु राणा देउवा

काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि खुला (महिला)तर्फ डा. आरजु राणा देउवासहित चार जना निर्विरोध भएका छन् । निर्विरोध हुनेमा आरजुसहित सरस्वती खड्का, कौशिला भट्ट र कलावती देवी बोहरा रहेका छन् ।

स्रोतका अनुसार जनकराज चटौत, डम्बरराज जोशी, मिनबहादुर चन्द र सम्पन्न राज भट्ट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । महिलामा कुमारी राजु भट्ट जोशी, पार्वती देवी झुकाल र मानकुमारी थापा निर्वाचित भएका छन् ।

एक नेताका अनुसार दलित (महिला) मा हरिनादेवी कामी, दलित (पुरुष) तर्फ सन्तोष जैरु, जनजातीतर्फ बलबहादुर गुरुङ र अपांगबाट जयप्रकाश भट्ट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !