१३ बैशाख २०८१, बिहिबार

काँग्रेस डडेल्धुरामा नयाँ नेतृत्व चयन, सभापतिमा साउद


भीमबहादुर साउद

काठमाडौं । नेपाली काँग्रेस डडेल्धुरामा नयाँ नेतृत्व चयन भएको छ । स्रोतका अनुसार सोमबार भएको सातौं जिल्ला अधिबेशनबाट ७३४ मत ल्याएर भीमबहादुर साउद सभापतिमा निर्वाचित भएका हुन् ।

स्रोतका अनुसार साउदको पुरै प्यानल नै विजयी भएको छ। परशुराम नगरपालिकाका मेयरसमेत रहेका साउदले सभापतिका अर्का प्रत्यासी चूडामणि ठकुराठीलाई ६५८ मतले पराजित गरेका हुन् ।

स्रोतका अनुसार सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् । उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी र डिल्लीराज जोशी, सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्विरोध निर्वाचित भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !