१३ बैशाख २०८१, बिहिबार

घनश्याम भुसालको उम्मेदवारी घोषणा तयारी


घनश्याम भुसाल

काठमाडौं। नेकपा एमाले उपमहासचिव घनश्याम भुसालले उम्मेदवारी घोषणाको तयारी गरेका छन् । विशेष स्रोतका अनुसार उपमहासचिव भुसालले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् ।

उनी निकट एक नेताका अनुसार त्यसअघि उनले पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग कुराकानी गर्ने जनाइएको छ । आइतबारमात्र एमाले उपाध्यक्ष भीम रावलले पनि दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

स्रोतका अनुसार भुसालले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष या महासचिव तीनमध्ये एक पदमा उम्मेदवारी दिने तयारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !