७ बैशाख २०८१, शुक्रबार

प्रधानन्यायाधीशको बर्खास्तीको माग गर्दै दललाई ध्यानाकर्षणपत्र बुझाउँदै बार


कानून व्यवसायी फाइल फोटो

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पदमुक्त गराउन माग गर्दै नेपाल बार एसोसिएसनले आज दलहरूको ध्यानाकर्षण गराउँदैछ ।बारले आज सोमबार प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका दललाई ध्यानाकर्षणपत्र बुझाउन लागेको हो ।

बार प्रधानन्यायाधीशलाई महाभियोग लगाउँदै आएपनि दलहरुले कुनै कदम नचालेको भन्दै बारले ३० कात्तिकमै दलहरुलाई ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको थियो । कात्तिक १४ गतेदेखि आन्दोलनरत नेपाल बार पछिल्लो पटक बारले सर्वोच्च अदालतमा धर्ना दिँदै आएको छ ।

सोमबार पनि कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको छ । सर्वोच्च अदालत परिसरमा जारी धर्ना र विरोध कार्यक्रम १२ बजेभित्र सकेर दलका नेताहरूको ध्यानाकर्षण गराउने नेपाल बारको योजना छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !