८ बैशाख २०८१, शनिबार

आन्दोलनरत कानून व्यवसायीहरुले मागे गृहमन्त्री खाँणको राजीनामा


सर्वोच्च परिसर तनावग्रस्त

काठमाडौं । आन्दोलनरत कानून व्यवसायीहरुले गृहमन्त्रीको राजीनामा मागेका छन् । स्रोतका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँण राजीनामा मागेका हुन् ।

स्रोतका अनुसार सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको विरोधमा कानून व्यवसायीहरुले गृहमन्त्रीको राजीनामा मागेका हुन् । उक्त विरोध प्रदर्शनमा कानून व्यवसायीहरुले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !