७ बैशाख २०८१, शुक्रबार

प्रधानन्यायाधीश जबराले बारलाई वार्ताका लागि पठाए पत्र


चोलेन्द्र शमसेर जबरा फाइल फोटो

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वार्ताका लागि नेपाल बार एशोसिएशनलाई पत्र पठाएका छन् । प्रधानन्यायाधीश जबराले नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएर वार्ताको आह्वान गरेका हुन् ।

बारका एक अधिकारीका अनुसार प्रधान्यायाधीशले वर्तमान समस्याको निकासका लागि तयार रहेको भन्दै बारलाई पत्र पठाएका हुन् । बारको जारी बैठकमा अध्यक्ष चन्डेश्वर श्रेष्ठले उक्त पत्र वाचन गरेका थिए ।

बार अध्यक्ष श्रेष्ठले आफूलाई आएको पत्रको व्यहोरा बैठकमा पढेर सुनाएका थिए । बारका एक पदाधिकारीका अनुसार, प्रधानन्यायाधीश जबराले आफू छलफल र संवादबाट अहिलेको समस्या समाधानका लागि तयार भएको भन्दै जुनसुकै बेला वार्ता गर्न प्रस्ताव गरेका छन् ।

प्रधानन्यायाधीश जबराले आफूले न्यायपालिकाको सुधार र सुदृढिकरणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको व्यहोरा उल्लेख गर्दै संवाद र छलफलबाट नै समाधान खोज्ने गरी पत्र पठाएको ती पदाधिकारीले बताए ।

प्रधानन्यायाधीशले पठाएको पत्रमाथि बारको कार्यसमिति बैठकमा छलफल भइरहेको बारका एक पदाधिकारीले बताए । नेपाल बारले प्रधान्यायाधीश जबराको राजीनामा माग गर्दै विभिन्न चरणको आन्दोलन गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीशविरुद्ध चौथो चरणको आन्दोलन घोषणा गर्न बारको बैठक जारी

प्रधानन्यायाधीश जबराले तोके १० इजलासमा २२२ मुद्दा

प्रधानन्यायाधीश जबराले तोके बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी

सर्वोच्च परिसरमा झडप : प्रहरीको लाठी चार्जबाट २ जना वकिल घाइते

सर्वोच्च परिसरमा आज पनि कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !