८ बैशाख २०८१, शनिबार

चितवन पुगेर नेपालले भने- न्यायालयको विवादको हल प्रधानमन्त्रीले गर्नुपर्छ


माधव नेपाल फाइल फोटो

चितवन । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले न्यायालयमा भएको विवादको हल प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुपर्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा एकीकृत समाजवादी प्रेस संगठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री देउवाले अग्रसरता लिएर समाधान गर्नुपर्ने बताएका हुन् ।

उनले न्यायालयको विवादको विषयमा सत्ता साझेदार पाँच दलबीच छलफल भएको बताउँदै प्रधानमन्त्रीले नै सबैसँग परामर्श गरेर पहल गर्ने भएकोले छिट्टै समाधान हुने दाबी गरे ।

नेता नेपालले नेकपा एमाले अब इतिहासमा मात्रै सीमित रहने व्यंग गरे । पाँच दलको गठबन्धन लामो समयसम्म रहने सहमति भएको जनाउँदै उनले एकअर्कालाई सहयोग गरेर अघि बढ्ने बताए ।

चितवनमा हुने एमाले महाधिवेशनमा नेपाललाई नबोलाउने भनेर एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भनेको कुरामा नेपालले कसैको पाहुना बन्न चाँसो नभएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !