७ बैशाख २०८१, शुक्रबार

प्रचण्ड भन्छन्- रामदेव वैज्ञानिक र क्रान्तिकारी रहेछन्


प्रचण्ड र रामदेव फाइल फोटो

काठमाडौँ । पूर्वप्रधामन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेका बताएका छन् ।

आज काठमाडौँमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा ‘पतञ्जलि नेपाल टिभी’ तथा ‘आस्था नेपाल टिभी’ र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामदेव वैज्ञानिक र क्रान्तिकारी रहेको बताएका हुन् ।

रामदेवले आरोग्यबाट निरोगिता र योगमुलक उद्योग अगाडि बढाएको भन्दै प्रचण्डले नेपालको सामाजिक सांस्कृतिक विकासमा पतञ्जलिको भुमिका रहेको बताएका हुन् ।

काठमाडौँमा हिजो ओर्लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै रामदेवले भारतपछि पतञ्जलीको दोस्रो गन्तव्य नेपाल भएको बताउदै टेलिभिजनका अलावा नेपालमा रिसर्च सेन्टर र कलेज विस्तार गर्ने योजना समेत रहेको बताएका थिए ।

नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गरिएको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।

हिजो बिहीबार काठमाडौँ आइपुगेर बाबा रामदेवले हिजै नै प्रचण्डको निवास खुमलटार पुगेर प्रचण्डलाई भेट्नुका साथै प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा पनि जानकारी लिएका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री देउवाले भने- सरकारले पतञ्जलिलाई जग्गा उपलब्ध गराउँछ

प्रधानमन्त्री देउवाले गरे रामदेवका दुई वटा टेलिभिजनको उद्घाटन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !