रामचन्द्र झाले छोडे प्रचण्डको माओवादी, माधव नेपालको नेकपा (एस) मा प्रवेश गर्ने Nepalpatra रामचन्द्र झाले छोडे प्रचण्डको माओवादी, माधव नेपालको नेकपा (एस) मा प्रवेश गर्ने
११ मंसिर २०७८, शनिबार

रामचन्द्र झाले छोडे प्रचण्डको माओवादी, माधव नेपालको नेकपा (एस) मा प्रवेश गर्ने


रामचन्द्र झा

काठमाडौँ । रामचन्द्र झाले नेकपा माओवादी केन्द्रका छोडेका छन् । झा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने तयारीमा गरेको उनीनिकट नेताहरुले बताएका छन् ।

झा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको पार्टी माओवादी केन्द्र छोडेर माधवकुमार नेपाललर नेतृत्व गरेको नेकपा (एस) मा प्रवेश गर्ने तयारी गरेका हुन् ।

उनी मंसिर ५ गते जनकपुरमा हुने आमसभामा औपचारिक रुपमा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । यसअघि झा नेकपा एमाले, नयाँ शक्ति हुदै माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

झाले माओवादी केन्द्का अध्यक्ष प्रचण्ड लगायतका नेताहरुसँग सल्लाह गरेरै पार्टी छोडेको माओवादी नेताहरुले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !