८ बैशाख २०८१, शनिबार

ओली सरकारले नियुक्त गरेका तीन प्रदेश प्रमुखको जागिर चट्


सोमनाथ अधिकारी प्यासी, गोविन्दप्रसाद कलौनी र गंगाप्रसाद यादव

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका तीन प्रदेश प्रमुखको जागिर चट् भएको छ । देउवा सरकारले तीन वटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।

प्रदेश १ मा ओली सरकारले नियुक्त गरेका सोमनाथ अधिकारी प्यासीको प्रदेश प्रमुख​ थिए । देउवा सरकारले प्रदेश १ मा जनता समाजवादी पार्टीको कोटावाट परशुराम खापुङलाई प्रदेश प्रमुखमा सिफारिस भएसंगै प्यासीको प्रदेश प्रमुख पद खुस्किएको हो ।

यस्तै कर्णाली प्रदेशमा ओली सरकारले नियुक्त गरेका गोविन्दप्रसाद कलौनीको प्रदेश प्रमुख​ थिए । देउवा सरकारले कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रको कोटावाट तिलक परियारलाई प्रदेश प्रमुखमा सिफारिस गरेसंगै कलौनीको प्रदेश प्रमुख पद खुस्किएको हो ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा ओली सरकारले नियुक्त गरेका गंगाप्रसाद यादवको प्रदेश प्रमुख​ थिए । देउवा सरकारले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको कोटावाट देवराज जोशीलाई प्रदेश प्रमुखमा सिफारिस गरेसंगै यादवको प्रदेश प्रमुख पद खुस्किएको हो ।

यसअघि ओली प्रधानमन्त्री हुँदा भागबण्डाको राजनीति गरे भनेर चर्को आलोचना भएको थियो भने अहिले देउवाले पनि ओलीको उक्त बाटो पछ्याउँदै भागबण्डाको राजनीतिलाई नै निरन्तरता दिएका छन् । सरकार परिवर्तन भएसंगै प्रदेश प्रमुख फेरिरहने गर्दा देशमा निषेधको राजनीति हावी भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !