तीन प्रदेश प्रमुख फेरिए, तीन पार्टीको कोटावाट तीन जना नियुक्त Nepalpatra तीन प्रदेश प्रमुख फेरिए, तीन पार्टीको कोटावाट तीन जना नियुक्त
१८ मंसिर २०७८, शनिबार

तीन पार्टीको कोटावाट बने तीन जना प्रदेश प्रमुख


परशुराम खापुङ, तिलक परियार र देवराज जोशी

काठमाडौं । देउवा सरकारले तीन वटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।

परियार नेकपा माओवादी केन्द्रको कोटावाट, जोशी नेपाली कांग्रेसको कोटावाट र खापुङ जनता समाजवादी पार्टीको कोटावाट प्रदेश प्रमुख बनेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !