१३ बैशाख २०८१, बिहिबार

प्रदेश १ का मुख्यमन्त्री राईले गरे कात्तिक ३० गते विश्वासको मत लिने तयारी


राजेन्द्र राई

बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका छन् । आगामी कात्तिक ३० गते प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको बस्ने पाँचौँ बैठकबाट मुख्यमन्त्री राईले विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रदेश १ को प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले यसअघि कात्तिक २३ गतेका लागि प्रदेशसभा बैठक बोलाएतापनि बिजनेस नभएपछि बैठक कात्तिक ३० गते दिउँसो १२ः३० बजेसम्मका लागि स्थगित गरिएको छ ।

विश्वासको मत लिनुभन्दा दुई दिनअघि प्रदेशसभा सचिवायलमा विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता गर्नुपर्ने प्रावधान छ । दुई दिनअघि प्रस्ताव दर्ता गरेर ३० गते विश्वासको मत लिने तयारी मुख्यमन्त्री राईले गरेका हुन् ।

विश्वासको मत लिने विषयमा गठबन्धनभित्र पनि छलफल जारी रहेको छ । विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र अन्य काम शुरु गर्ने मुख्यमन्त्री राईको तयारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !