८ बैशाख २०८१, शनिबार

मँहगी र कालावजारी विरुद्ध नेविसंघ आन्दोलनमा


Nebisangh-Birodh

जेष्ठ ६, २०७३- प्रमुख प्रतिपक्षी कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्ध सडक प्रदर्शन थालेको छ । मँहगी, कालावजारीको मुद्दा लिएर विद्यार्थीहरु सडकमा आएका छन् ।

संघको काठमाडौं शाखाको अगुवाईमा बिहीबार प्रर्दशनीमार्ग स्थित विश्व भाषा क्याम्पसबाट सुरु भएको बिरोध र्‍याली पुतली सडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

andolan

सरकार आफैले कालाबजारी गर्नेको संरक्षण गरेर बजारमा उपभोग्य सामग्रीको मूल्य बढाएको नेविसंघका नेता एवं प्रवक्ता यूपी लामिछानेले आरोप लगाए । ‘कलावजारीया देखि शैक्षिक माफियासम्मको संरक्षण सरकारबाट भइरहेको छ,’ उनले भने ‘त्यस विरुद्ध हामी सडकमा आएका छौं ।  सरकार विरुद्ध अब हामी निरन्तर कार्यक्रम गर्छौ ।’
उनले जेठ १० गते बिहान ८ बजे खाली सिलिन्डर र जार लिएर प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरिने जनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !