१३ बैशाख २०८१, बिहिबार

कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले लिए शपथ


कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथ लिएका छन् । मुख्यमन्त्री शाहीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज राती पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेपाली काँग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता शाही आजै मात्र मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । शाहीलाई प्रदेश प्रमुख कलौनीले आजै मंगलबार मात्र नेपालको संविधानको धाारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ ७:३० बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेपछि शाहीले दाबी पेश गरेका थिए ।

शाहीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्यको समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख कलौनी समक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।

उनले माओवादी केन्द्रबाट १२ जना, कांग्रेसबाट ६ जना, एकीकृत समाजवादीबाट ३ जना गरेर २१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । कर्णाली प्रदेशसभा हाल ३५ सदस्यीय रहेकाले मुख्यमन्त्रीमा दावी पेश गर्न १८ सांसदको समर्थन भए पुग्छ ।

शाहीले शपथपछि आजै कार्यभार सम्हाल्ने भएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि शाहीले कर्णालीको समग्र विकास गर्दै नागरिकलाई सम्पन्न बनाउने अभियानमा जुट्ने आफ्नो सरकारको प्रमुख प्राथमिकता हुने बताएका छन् ।

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीद्वारा दावी पेश

कर्णाली प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

कर्णालीमा काँग्रेसका जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !