७ बैशाख २०८१, शुक्रबार

प्रदेश १ मा ५ सदस्यीय मन्त्रीमण्डल बन्दै, यी हुन् सम्भावित नयाँ मन्त्रीहरु ?


राजेन्द्र राई

बिराटनगर । प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज मंगलबार राईलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री राईको आजै मंगलबार अपरान्ह शपथग्रहण हुने प्रदेश प्रमुखको कार्यालय स्रोतले जानकारी दिएको छ । नवनियुक्त मुख्यमन्त्री राईले आज मंगलबार नै सानो आकारको ५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

प्रदेश १ मा आजै मुख्यमन्त्रीसहित ५ जनाले शपथग्रहण गर्ने भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसबाट २ जना, माओवादी केन्द्रबाट १ जना, जसपाबाट १ जनासहित मुख्यमन्त्री राईले शपथग्रहण गर्ने भएका हुन् ।

काङ्ग्रेसले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयले भागमा पाएको छ । माओवादी केन्द्रले आर्थिक मामिला मन्त्रालय पाएको छ । जसपाले सामाजिक विकास मन्त्रालय पाएको छ । आज काँग्रेसबाट केदार कार्की, हिमाल कार्की, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो र जसपाबाट जयराम यादव मन्त्री बन्ने तयारीमा रहेका छन् ।

प्रदेश १ मा पनि बाग्मती प्रदेशमा जस्तै कांग्रेसले यसअघि आलोपालो सरकार बनाउने प्रस्ताव गरेपनि सो विषयमा केन्द्रमा नै शीर्ष नेताहरु बसेर टुंगो लगाउने तयारी गरिएको छ ।

यो पनि पढ्नुहोस्

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त, शपथग्रहण ३ बजे

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा

प्रदेश १ र प्रदेश ३ मा दुई भाई राजेन्द्रलाई मुख्यमन्त्री बनाउने गठबन्धनमा सहमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !