७ बैशाख २०८१, शुक्रबार

प्रदेश १ मा राजेन्द्र राई आज मुख्यमन्त्रीमा नियुक्त हुँदै


राजेन्द्र राई

बिराटनगर । प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र राई आज मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् । प्रदेश १ मा भीम आचार्यले मुख्यमन्त्री पदवाट दिएको राजीनामा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले स्वीकृत गरी मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान गरेलगत्तै हिजै राईले मुख्यमन्त्री पदमा दाबी पेश गरेका थिए ।

प्रदेश १ को विपक्षी गठबन्धनले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रस्ताव आह्वान गरेलगत्तै गठबन्धनले ४९ जना सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेको थियो । नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका थिए ।

हिजो साेमबार दिउँसाे प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा दिएलगत्तै प्यासीले आज मङ्गलबार दिउँसाे १ बजेसम्म संविधानकाे धारा १६८ काे उपधारा २ बमाेजिम सरकारमा दाबी पेश गर्न आह्वान गरेपछि पाँच दलीय गठबन्धनले दाबी पेश गरेकाे थियो ।

राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका थिए ।

नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण आज मंगलबार दिउँसो हुनेछ । राईले तिहार अगाडि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । प्रदेश १ मा पनि बाग्मती प्रदेशमा जस्तै कांग्रेसले यसअघि आलोपालो सरकार बनाउने प्रस्ताव गरेपनि सो विषयमा केन्द्रमा नै शीर्ष नेताहरु बसेर टुंगो लगाउने तयारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !