७ बैशाख २०८१, शुक्रबार

प्रदेश १ मा प्रदेश प्रमुखद्धारा मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान


भीम आचार्यले बुझाए राजीनामा पत्र

काठमाडौँ । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान गरेका छन् । प्रदेश १ मा भीम आचार्यले मुख्यमन्त्री पदवाट दिएको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख प्यासीले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख प्यासीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । उनले भोलि मंगलबार १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको आह्वानपछि दलहरूले नयाँ सरकारका लागि दाबी पेस गर्ने तयारी गरेका छन् । प्रदेश १ मा आचार्यले मुख्यमन्त्री पदवाट राजीनामा दिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र राईले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।

विपक्षी गठबन्धनवीच नेकपा (एस) का राईलाई नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्ने सहमति जुटेको छ । यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा असोज २१ गते बिहिबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले प्रदेश १ मा राईलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो ।

नयाँ मुख्यमन्त्रीका दाबेदार राईले ५० जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने भएका छन् । राईले तिहार अगाडि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

प्रदेश १ मा प्रदेश प्रमुखद्धारा मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !