८ बैशाख २०८१, शनिबार

सर्वोच्च अदालतका न्यायाधीशले आज पनि मुद्दा नहेर्ने


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज पनि मुद्दा नहेर्ने बताएका छन् । हिजो आइतबार पनि इजलासमा नबसेका न्यायाधीशरुले आज सोमबार पनि मुद्दा नहेर्ने भएका हुन् ।

उनीहरुले केही दिनदेखि इजलास बहिस्कार गर्दै आएका छन् । केही दिनअघि बसेको न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्मानजनक बहिर्गमनकै पक्षमा रहेको निष्कर्षमा पुगेका सर्वोच्चका न्यायाधीशहरुले आज पनि मुद्दा नहेर्ने भएका हुन् । सर्वोच्चका न्यायाधीशहरुको हिजो बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बहिर्गमनको लागि केही समय दिने निष्कर्ष निकालेको छ ।

चौतर्फी विरोधका वावजूद प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा हिजो आइतबार इजलासमा बसेपछि सर्वोच्चका न्यायाधीशहरुको बसेको बैठकले जबरालाई सम्मानजनक बहिर्गमनकै पक्षमा रहेको निष्कर्षमा निकालेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !