८ बैशाख २०८१, शनिबार

पूर्वराष्ट्रपतिको भने- न्यायालय विवादमा फसेका बेला प्रधानमन्त्री विदेश जानु गलत


डा. रामवरण यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालय विवादमा फसेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा विदेश जानु गलत भएको टिप्पणी गरेका छन् ।

‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणी गरेका हुन् ।

पूर्वराष्ट्रपति यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै देउवा सरकारको आलोचना गर्दै न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नु पर्दैन ? भनी सरकारलाई प्रश्न गरेका छन् ।

सारा न्यायाधीशहरू, नेपाल बार, कानुनविद्हरू एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्न भनेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसको आडमा भनेको ? पूर्वराष्ट्रपति यादवले सरकार र राजनीतिक दलहरूमाथि प्रश्न गरे ।

कानुनमन्त्रीले यो समस्याको समाधान गर्न नसक्ने बताउँदै पूर्वराष्ट्रपति यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुँर्याएको बताए । उनले दिन्न भनेर प्रधानन्यायाधीश जबराले कसको आडमा भनेको भनेर सरकार र राजनीतिक दलहरूमाथि प्रश्न समेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !