८ बैशाख २०८१, शनिबार

अग्‍नि सापकोटा संसदीय व्यवस्थाका नै कलंक भएको ओलीको आरोप


केपी ओली र अग्नि सापकोटा

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा अहिलेको संसदीय व्यवस्थाका नै कलंक भएको ओलीको आरोप लगाएका छन् ।

आज काठमाडौंमा एमालेको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटाले पदीय मर्यादा बिर्सिएर पार्टीका पक्षमा काम गरेको आरोप लगाएका हुन् ।

‘अबको निर्वाचनमा अग्नि सापकोटाजस्ता संसदीय व्यवस्थाका कलंकलाई कसैगरी एमालेले हराउनै पर्छ । सिन्धुपाल्चोकबाट प्रतिनिधि सभामा एमालेले २ सीट र प्रदेश सभामा ४ सीट जसरी पनि जित्नै पर्छ । स्थानीय तहका प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालले जित्नुपर्छ,’ ओलीले भने ।

ओलीले आगामी चुनावमा माओवादी नराम्ररी हार्ने ठोकुवा गरे । उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो अस्थिर चरित्रका कारण कुनै पार्टीमा पनि टिक्न नसक्ने दाबी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !