८ बैशाख २०८१, शनिबार

बेलायत भ्रमणको पूर्वसन्ध्यामा देउवाले गरे तीन देशका राजदूतको सिफारिस


डा. शंकर शर्मा, ज्ञानचन्द्र आचार्य र श्रीधर खत्री

काठमाडौं । सरकारले अमेरिका, भारत र बेलायतका लागि राजदूत सिफारिस गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यी तीन देशका लागि राजदूत सिफारिस गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद्को बैठकले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

भारतका लागि राजदूत सिफारिस भएका शर्मा यसअघि अमेरिकाका लागि राजदूत थिए । यस्तै बेलायतका लागि सिफारिस भएका आचार्य पूर्वपरराष्ट्र सचिव हुन् भने अमेरिकाका लागि सिफारिस भएका खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशन हुन् ।

सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो । साथै सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !