६ बैशाख २०८१, बिहिबार

एमाले अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटी बैठक बस्दै


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज विहीबार अपरान्ह ४ बजे बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आज बस्न लागेको बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुने तामाङले बताए । बैठकमा राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोटका विषयमा छलफल हुने उनले जानकारी दिए ।

एमालेले कात्तिक ६ गते वडाहरूमा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन गरिसकेको छ । केही वडा र पालिकामा भने अधिवेशन हुन अझै बाँकी रहेको छ ।

तामाङका अनुसार आज बस्न लागेको बैठकमा राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिकाका सन्दर्भमा छलफल हुने छ । एमालेले १० औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा भव्य रुपमा हुँदैछ ।

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !