११ बैशाख २०८१, मंगलबार

नेपालको राज्यका स्थायी अंग एकपछि अर्को पतनको संघारमा पुगे : डा. भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सतीदेवीको अंगपतन भएझैं नेपालको राज्यका स्थायी अंग एकपछि अर्को पतनको संघारमा पुग्नु गम्भीर विषय भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै भट्टराईले त्यत्रो युगीन क्रान्तिपछि पुरानो राज्यका थोत्रा अंग यथावत् बोकेर हिंड्नुको दुष्परिणाम भएको भन्दै हामी पनि महादेवले मरेकी सतीदेवीलाई काँधमा बोकेर भौंतारिएझैं गर्ने कि बेलैमा सदगत गर्ने ? भने प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘सतीदेवीको अंगपतन भए झैं नेपालको राज्यका स्थायी अंग एक पछि अर्को पतनको संघारमा पुग्नु गम्भीर विषय हो । त्यत्रो युगीन क्रान्तिपछि पुरानो राज्यका थोत्रा अंग यथावत् बोकेर हिंड्नुको दुष्परिणाम हो यो । हामी पनि महादेवले मरेकी सतीदेवीलाई कॅाधमा बोकेर भौंतारिए झैं गर्ने कि बेलैमा सदगत गर्ने ?’

डा. बाबुराम भट्टराई ट्वीट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !