६ बैशाख २०८१, बिहिबार

वाग्मतीकी मुख्यमन्त्री शाक्यको पदको छिनोफानो आज हुँदै


अष्टलक्ष्मी शाक्य

मकवानपुर । वाग्मती प्रदेशसभाको आज बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्तावमा मतविभाजन गरिने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितको आवश्यक कर्मचारी खटाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

गत कात्तिक ४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रस्ताव टेबुल गरेको दलगत रुपमा प्रदेशसभाका सदस्यले आ-आफ्नो धारणा व्यक्त गरेका थिए । यसअघि कात्तिक ४ गते बागमतीमा मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान नगरी प्रदेशसभा बैठक आजसम्म स्थगित भएसंगै एमाले नेतृत्वको प्रदेश सरकारको आयु एक साता लम्ब्याइएको थियो ।

सो दिन बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपनि सभामुख सानुकुमार श्रेष्ठले आज कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । अल्पमतमा परिसकेकी मुख्यमन्त्री शाक्यले एक हप्ता समय मागेपछि विश्वासको मतसम्बन्धी प्रक्रियालाई लम्ब्याउँदै एमाले सरकारको आयु आजसम्म लम्ब्याउन सभामुख श्रेष्ठले सहज बनाइदिएका थिए ।

यद्यपि विपक्षी गठबन्धनले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममै सरकारलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । उनीहरुले आफूहरुलाई अर्को विकल्पमा जान बाध्य नपारियोस् भन्ने चेतावनीसमेत दिएका थिए ।

विपक्षी गठबन्धनले नयाँ मुख्यमन्त्रीका रुपमा राजेन्द्रप्रसाद पाण्डेको नाम प्रस्ताव गरिसकेका छन् । बागमतीमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच आगामी कार्यकालमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति पनि जुटेको छ । एमालेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच यस्तो सहमति भएको हो ।

गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा काँग्रेसको इन्द्र बानियाँ सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बन्नेछन् । यसरी पहिला एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बन्ने र त्यसपछि काँग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन् ।

एमालेका १३ सांसदले नवगठित एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् । मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् ।

विपक्षी गठबन्धनसँग प्रदेशसभाको प्रष्ट बहुमत छ । हाल बागमतीमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री रहेको एमाले सरकार अल्पमतमा भएकोले विश्वासको मत नपाउने निश्चित जस्तै छ ।

प्रदेशसभामा हाल सत्तापक्ष (नेकपा एमाले) का ४३, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी)का २३ र अन्य प्रतिपक्षी नेपाली कांग्रेसका २२, नेकपा एकीकृत (समाजवादी) का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) का एक गरी १०९ सदस्य रहेका छन् ।

यो पनि पढ्नुहोस्

वाग्मती प्रदेशसभाको विश्वासको मतका लागि तयारी पूरा

बागमतीमा अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद एक हप्ता जोगियो

आलोपालो सरकारको नेतृत्व : वाग्मतीमा पहिला पाण्डे र पछि बानियाँ मुख्यमन्त्री बन्ने

अन्तत: वाग्मतीमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति

बागमतीमा गठबन्धनवीच नै किचलो : काँग्रेसका बानियाँले पनि गरे मुख्यमन्त्रीमा दाबी

वाग्मती नेकपा (एस) दलको नेतामा पाण्डे चयन : मुख्यमन्त्री बन्ने ढोका खोलियो

एकीकृत समाजवादीद्वारा समर्थन फिर्ता, मुख्यमन्त्री शाक्य अल्पमतमा

मुख्यमन्त्री अष्टलक्ष्मी अल्पमतमा, एमालेका १२ सांसद नेकपा (एस) मा प्रवेश

आफूलाई धोका दिएकी अष्टलक्ष्मीलाई हटाएर राजेन्द्रलाई मुख्यमन्त्री बनाउने नेपालको रणनीति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !