५ श्रावण २०८१, शनिबार

प्रधानन्यायाधीशको राजीनामा माग्ने औपचारिक निर्णय गर्न बारको बैठक बस्दै


नेपाल बार एसोसिएसन

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने औपचारिक निर्णय गर्न नेपाल बार एशोसियनको बैठक बस्दैछ । हिजो बसेको बारको बैठकमा अधिकांश पदाधिकारीले प्रधानन्यायाधीश जबराको राजीनामा माग्नुपर्ने धारणा राखेका थिए ।

सर्वोच्च अदालतकै न्यायाधीशहरुले नै इजलास बहिस्कार गर्दै राणाको राजीनामा मागेपछि बारले पनि राजीनमा माग्ने निष्कर्ष निकालेको हो । यसअघि बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने कि नमाग्ने भन्ने विषयमा निर्णय गर्न नसकेको भनेर आलोचना भएको थियो ।

बारको आज मंगलबार बस्न लागेको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने औपचारिक निर्णय गर्नेछ । बार सल्लाहकार समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

यसअघि आइतबारसम्म बार प्रधानन्याधीश जबराको राजीनामा माग्नुपर्ने पक्षमा थिएन । आइतबार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले सुधारका अरु उपाय भएसम्म राजीनामा नमाग्ने बताएका थिए ।

यता सर्वोच्चकै न्यायाधीशहरु र वरिष्ठ अधिवक्ताहरु राणाले राजीनामा दिनुपर्ने पक्षमा उभिएपछि बार पनि राजीनामा माग्ने पक्षमा उभिन बाध्य भएको हो । प्रधानन्यायाधीश राणाले कार्यपालिकामा भागवण्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको लगायतका आरोप असन्तुष्ट न्यायाधीशहरुले लगाएका छन् ।

सर्वोच्चका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नका लागि आग्रह गर्ने निर्णय गरेको छ । हिजो सोमबार बसेको बैठकले आज ११ः३० बजे प्रधानन्यायाधीश जबरालाई न्यायाधीशहरूले भेटेर सो आग्रह गर्ने तयारी गरेका हुन् ।

यो पनि पढ्नुहोस्

राजीनामा दिन आग्रह गर्न प्रधानन्यायाधीशलाई भेट्दै सर्वोच्चका न्यायाधीशहरू

अन्तत: चार पूर्वप्रधान्यायाधीशले पनि मागे प्रधानन्यायाधीश जबराको राजीनामा

सर्वोच्च बारले पनि माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा

नेपाल बारले पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !