१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री देउवाले बोलाए अपरान्ह मन्त्रिपरिषद्को बैठक


मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठक बस्ने भएको हो ।

बैठकमा सुदूरपश्चिम र प्रदेश १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदको बैठक बोलाउनुलई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सम्भवत: प्रधानमन्त्री देउवाले बाढीपहिरो प्रभावित परिवारको लागि थप राहत र क्षतिपूर्तिको प्याकेज घोषणा गर्ने बुझिएको छ । बैठकमा सरकार सञ्चालनका सन्दर्भमा हुने नियमित काम कारबाहीबारे पनि छलफलको एजेण्डा रहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !