८ बैशाख २०८१, शनिबार

ओली आजदेखि दुईदिन प्रदेश १ मा रहने, यस्तो छ उनको कार्यतालिका


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजदेखि दुईदिन प्रदेश १ का जिल्लाहरु झापा र मोरङमा रहने भएका छन् ।

एमालेको वडा अधिवेशन सम्पन्न भएको भोलिपल्टै ओली आज गृहजिल्ला झापा प्रस्थान गरी विभिन्न कार्यक्रममा सहभागी हुने भएका हुन् । उनी आज बिहान ११ बजे घरमा पुगेर आफ्ना बुबालाई भेट गर्नेछन् भने त्यसपछि झापा जिल्ला कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनेछन् ।

उनले आजै १२ बजे बिर्तामोडमा माओवादी कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने धुलाबारीमा कार्यकर्तालाई सम्बोधन गर्नेछन् । उनले बेलुका मेची क्राउन होटलमा अगुवा कार्यकर्तासँग भेट गर्नेछन् भने आज सोही ठाउँमै बस्नेछन् ।

उनी भोलि गौरादह नगरपालिका-५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको उद्घाटन कार्यक्रम छ । भोलि नै गौरीगञ्ज बजारमा दसैँतिहार, छठको शुभकामना आदनाप्रदान कार्यक्रमलाई उनले सम्बोधन गर्नेछन् ।

भोलि नै विराटनगरमा पार्टी प्रवेश कार्यक्रम र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् । भूमिगत कालमा बिताएका सहकर्मीहरूसँग भेटघाट गरी पार्टी नेताहरूसँग छलफल गरेर ओली मंगलबार काठमाडौं फर्कने कार्यतालिका छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !