७ बैशाख २०८१, शुक्रबार

बागमतीमा अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद एक हप्ता जोगियो

वाग्मतीमा एमाले सरकारको आयु कार्तिक १० गतेसम्म


अष्टलक्ष्मी शाक्य

काठमाडौं । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद एक हप्ता जोगिएको छ । मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान नगरी बागमतीको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएसंगै एमाले नेतृत्वको प्रदेश सरकारको आयु एक साता लम्ब्याइएको छ ।

आज बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपनि सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

अल्पमतमा परिसकेकी मुख्यमन्त्री शाक्यले एक हप्ता समय मागेपछि विश्वासको मतसम्बन्धी प्रक्रियालाई लम्ब्याउँदै एमाले सरकारको आयु कात्तिक १० गतेसम्म लम्ब्याउन सभामुख श्रेष्ठले सहज बनाइदिए ।

प्रदेशसभाका सभामुख श्रेष्ठले प्रदेशसभाको अर्को बैठक कार्तिक १० गते बस्ने गरी बैठक स्थगित गरेका छन् । प्रदेशसभामा मुख्यमन्त्री शाक्यले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको बाँकी प्रक्रिया अर्को बैठकमा हुने गरी सभामुख श्रेष्ठले बैठक स्थगित गरेका हुन् ।

यद्यपि विपक्षी गठबन्धनले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममै सरकारलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । उनीहरुले आफूहरुलाई अर्को विकल्पमा जान बाध्य नपारियोस् भन्ने चेतावनीसमेत दिएका थिए ।

विपक्षी गठबन्धनले नयाँ मुख्यमन्त्रीका रुपमा राजेन्द्रप्रसाद पाण्डेको नाम प्रस्ताव गरिसकेका छन् । विपक्षी गठबन्धनसँग प्रदेशसभाको प्रष्ट बहुमत छ । हाल बागमतीमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री रहेको एमाले सरकार अल्पमतमा भएकोले विश्वासको मत नपाउने निश्चित जस्तै छ ।

यो पनि पढ्नुहोस्

आलोपालो सरकारको नेतृत्व : वाग्मतीमा पहिला पाण्डे र पछि बानियाँ मुख्यमन्त्री बन्ने

अन्तत: वाग्मतीमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति

बागमतीमा गठबन्धनवीच नै किचलो : काँग्रेसका बानियाँले पनि गरे मुख्यमन्त्रीमा दाबी

प्रदेश १ र प्रदेश ३ मा दुई भाई राजेन्द्रलाई मुख्यमन्त्री बनाउने गठबन्धनमा सहमति

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दाबी पेश गर्ने

वाग्मती नेकपा (एस) दलको नेतामा पाण्डे चयन : मुख्यमन्त्री बन्ने ढोका खोलियो

एकीकृत समाजवादीद्वारा समर्थन फिर्ता, मुख्यमन्त्री शाक्य अल्पमतमा

मुख्यमन्त्री अष्टलक्ष्मी अल्पमतमा, एमालेका १२ सांसद नेकपा (एस) मा प्रवेश

आफूलाई धोका दिएकी अष्टलक्ष्मीलाई हटाएर राजेन्द्रलाई मुख्यमन्त्री बनाउने नेपालको रणनीति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !