१२ बैशाख २०८१, बुधबार

सरकारसँग सहमति भएसँगै रुबी खानले तोडिन् अनसन


रुबी खानले तोडिन् अनसन

काठमाडौँ । सरकारसँग सहमति भएसँगै रुबी खानले आमरण अनसन तोडेकी छन् । १२ दिनदेखि अनसनमा रहेकी खानले माइतीघर मण्डलामा आजै आफ्नो अनसन तोडेकी हुन् ।

महिला अधिकारकर्मी खान त्रिवि शिक्षण अस्पतालमा अनसनरत थिइन् । उनलाई मानवअधिकार आयोगकी पूर्व सदस्य एवं महिला अधिकारकर्मी मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन् ।

सरकारले गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा बाँके घटनाबारे छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गर्ने सहमित भएको हो । सरकारले बनाएको उक्त समितिले एक साताभित्र छानबिनको प्रतिवेदन दिने जनाइएको छ ।

यी दुई घटनाबारे उक्त समितिले छानबिन गरी सत्यतथ्य पत्ता लगाउने जनाइएको छ । धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे महिला अधिकारकर्मीहरूले न्याय माग गरिरहेका छन् । सहमतिबारे अहिले केहीबेरमा माइतीघर मण्डलामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइने मानवअधिकारकर्मी मोहना अन्सारीले जानकारी दिइन् ।

बाँकेका नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मीको बेपत्ता घटनाबारे न्यायका लागि ११ महिलासहित १४ जना २० दिन हिँडेर काठमाडौं आएका थिए । काठमाडौं आए लगत्तै प्रहरीले धरपकड गरेपछि रुबीले आमरण अनसन थालेकी थिइन् ।

यो पनि पढ्नुहोस्

रुबी खान र सरकारबीच सहमति, आजै अनसन तोड्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !